नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रति किलोलिटर ५० अमेरिकी डलर र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको हो ।
मूल्य घटेपछि ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ३५० कायम भएको छ । डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ । निगमले भारतबाट पाइपलाइनबाट इन्धन भित्र्याउन शुरु गरेकै दिन डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको थियो ।
प्रकाशित मिति: शनिबार, असोज ४, २०७६