हलिउड अभिनेत्री केमिला मेन्डेसले कलेज जीवनमा ड्रग्स दिएर आफ्नो यौनशोषण भएको खुलासा गरेकी छन् ।
अमेरिकी टिन ड्रामा रिवरडेल फेमकी अभिनेत्री मेन्डेसले पुराना दिन सम्झिँदै भनेकी छन्, जब म न्युयोर्क युनिभर्सिटीमा अध्ययनरत थिएँ, त्यसबेला यौन शोषणको सिकार भएकी थिएँ ।
उनी त्यसबेला सो युनिभर्सिटीको टिस्क स्कुल अफ आर्टमा भर्ना भएकी थिइन् । एक म्यागजिनसँगको कुराकानीमा २५ वर्षीया मेन्डेसले खुलासा गरेकी छन्, त्यो मेरो निकै दर्दनाक तीतो अनुभव रह्यो । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, असोज ४, २०७६