एएफसी यू १६ च्याम्पियनसिप छनोटमा नेपाली टोलीले शुक्रबार ताजकिस्तानसँग ७–० ले पराजित भएको छ ।
अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली टोली पहिलो हाफमै ४–० ले पछि परेको थियो । टोलीले दोस्रो हाफमा थप ३ गोलको सामना गर्नुपर्यो ।
समूह ‘ए’को आफ्नो पहिलो खेलमा पनि नेपाली टोलीले जार्डनसँग ७–० को हार बेहोरेको थियो । दोस्रो खेलमा भने नेपाल र कुवेतले १–१ को बराबरी खेलेका थिए । प्रतियोगिताबाट बाहिरिएको नेपालले अन्तिम खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति: शनिबार, असोज ४, २०७६