काठमान्डाै : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अर्थतन्त्रको विकासमा नेपाल अवस्था कछुवा गतिमा रहेको हुँदा यसलाई सुधार गरेर लैजानुपर्ने बताएका छन् । बजेट अधिवेशनको समापनका अवसरमा उनले बजेटको अवस्थालाई बढाउनुपर्नेमा र त्यसका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले असन्तुष्टि नै विकास गर्ने आधार भएको उल्लेख गरे ।
पूर्वप्रम डा भट्टराईले भने, संविधान जारी भएपछि यो अवधिमा थुप्रै कानून निर्माण भयो, महिला मान्य सदस्य सबैभन्दा बढी सक्रियतापूर्वक सहभागिता भएर काम गरेको अनुभूति मैले गरे । उनले ठूलो बलिदानीपछि जारी गरेको संविधान जारी गरेको चार वर्ष पुग्दै गरेको अवस्थामा संविधान पनि त्यहीअनुरुप विकास हुँदै जानुपर्नेमा जोड दिए । नेपालको भू–राजनीतिकमा अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै अमेरिका, चीन र भारतजस्ता तीन ठूला राष्ट्रलाई अवसरको रुपमा लिएर तीन ठूला शक्तिको ध्यान नेपालमा केन्द्रित गरेर त्यसलाई अवसरका रुपमा लिनुपर्नेमा जोड दिए ।-रासस
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६