काठमाडाैं । मंगलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्ज अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक १८ दशमलव १२ अंकले घटेर एक हजार १ सय ५५ दशमलव ३० मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ४९ अंकले घटेर २५२ दशमलव २१ मा झरेको छ । स्टकका अनुसार आज कुल १ सय ६६ कम्पनीको १२ लाख २४ हजार ५ सय ७२ कित्ता शेयर ३९ करोड ९९ लाख ३० हजार ८ सय ७१ रुपैयाँमा खरिद बिक्री भयो ।
कारोबार भएका १२ उपसमूहमध्ये दुई उपसमूहको मात्र शेयर बढेको छ । व्यापार २ दशमलव ३७ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य दुईले बढ्दा बैंकिङ १४ दशमलव ७९, होटल ४८ दशमलव ९३, विकास बैंक ११ दशमलव ७८, जलविद्युत् १३ दशमलव २२, वित्त शून्य दशमलव ६९, निर्जीवन बीमा १०५ दशमलव ३२, उत्पादन ४४ दशमलव १२, अन्य १८ दशमलव २४, लघुवित्त १२ दशमलव ५६, जीवन बीमा १ सय ५ दशमलव ६ अंकले घटेकोे छ ।
काराेबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर पाँच करोड २४ लाख ६२ हजार ५ सय ७१ रुपैयाँमा खरिदबिक्री भयो । त्यस्तै प्रभु बैंक दुई करोड ६७ लाख १५ हजार ७ सय १७, सिद्धार्थ बैंक एक करोड ८१ लाख ८० हजार ३ सय ८५, नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था एक करोड ७३ लाख ९८ हजार ९ सय ४६, नेपाल बैंक एक करोड ६५ लाख ६० हजार २ सय ४ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर एक करोड ५२ लाख ७४ हजार ६ सय ३६ रुपैयाँमा खरिद बिक्री भए ।
परिसूचक घटे पनि समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाए । त्यस्तै एक्सेल डेभलपमेन्ट बैंक ७ दशमलव २२, नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशमलव ७६, आँखुखोला जलविद्युत् कम्पनी ५ दशमलव ३६, नवील इक्विटी फन्ड ३ दशमलव ८० र मन्जुश्री फाइनान्सका शेयरधनीले ३ दशमलव २३ प्रतिशतले कमाए ।
गुराँस लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले ८ दशमलव ४६ प्रतिशतले गुमाउँदा स्पर्स लघुवित्त वित्तीय संस्था ८ दशमलव १३, नेपाल इन्स्योरेन्स कम्पनी ७ दशमलव २१, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी ६ दशमलव १० र अरुण काबेली पावर लिमिटेडका शेयरधनीले ५ दशमलव ६७ प्रतिशतले गुमाए ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६