काठमाडौं । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले नापी कार्यालय भक्तपुरका सर्वेक्षक सिद्धराज जोशीलाई घूससहित पक्राउ गरेकाे छ ।
आयोगकाे टोलीले बुधवार सिद्धराजलाई १० हजार रुपैयाँ घूससहित भक्तपुर नगरपालिका–९ स्थित लुम्बिनी तन्दुरी भोजनालयबाट पक्राउ गरेको हो ।
सिद्धराजले जग्गा हाल साविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भई फिल्ड नापजाँच गर्ने क्रममा फिल्ड खर्च भनी सेवाग्राहीसँग घूस मागेको आयोगले जनाएको छ । थप अनुसन्धान भइरहेको आयाेगले बताइएकाे छ ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६