धनगढी । धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ ।
राति करिब १० बजेतिर कार्यालयको झ्यालकाे सिसा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतल फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
आगलागी भएको थाहा पाउनासाथ समयमै आगो नियन्त्रण गरिएकाले खासै क्षति हुन नपाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । नेत्रविक्रम चन्द समूहले आगजनी गरेको हुन सक्ने आशंका गरिएको छ । यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६