प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि आइलागे जाइलाग्ने बताएका छन्। २७ दिनपछि बुधबार दुईवटा सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खतरा आइलागे जाइलाग्ने बताएका हुन्।
‘लोकतन्त्रमाथि खतरा आइसकेको छैन तर खतरा निम्त्याउने प्रयासहरू भइरहेका छन्। बघिनीले डमरुमाथि खतरा पैदा नहुन्जेलसम्म केही गर्दैन, जब डमरु खतरामा पर्छ तब जाइलाग्छे। सरकार पनि लोकतन्त्रमाथि खतरा आइलाग्यो भने जाइलाग्ने छ। सरकार चुप लागेर बस्दैन,’ सिंहदरवारस्थित नयाँ संसद् भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
उनले कसैको पनि नाम ननिी र डमरुको उदाहरण दिएर जाइलाग्ने चेतावनी दिएका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६