नेपाल एयरलाइन्सले आजदेखि लागू हुने गरी ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको नेपाल एयरलाइन्सका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । यसको शुरुवात सरकारी स्वामित्वको कम्पनीबाटै सुरु गर्ने उद्देश्यअनुसार छुट दिन सुरु गरिएकाे हाे ।
प्रकाशित मिति: बुधबार, असोज १, २०७६