पर्यटकीय सिजन सुरु भएसँगै सरकारले आइतबारसम्म शरद ऋतु (अटम सिजन) मा हिमाल आरोहणबाट तीन करोड ९६ लाख पाँच हजार तीन सय ९४ रुपैयाँ सलामी दस्तुर संकलन गरेको छ ।
पर्यटन विभागले उपलब्ध गराएको तथ्यांकअनुसार यो सिजलमा ४७ देशका तीन सय ९५ आरोहीले आरोहणका लागि आफ्नो नाम दर्ता गराइसकेका छन् ।
सरकारले आरोहणका लागि खुला गरेको हिमालमध्येबाट १७ वटा हिमाल आरोहण गर्न उक्त संख्यामा नाम दर्ता भएको विभागले जनाएको छ ।
आरोहण दलका सदस्यमा तीन सय ९५ पुरुष र ९० जना महिला रहेको पनि विभागले जनाएको छ ।
नाम दर्ता गराउनेमध्ये सबैभन्दा बढी २६ समूहका २६० आरोहीले मनास्लु हिमाल आरोहणमा रुची देखाएका छन् भने सबैभन्दा कम थोराङ पिकमा एक समूहका दुई जना आरोहीले आफ्नो नाम दर्ता गराएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, असोज १, २०७६