काठमाडौं: आज बिहानैदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । बुधबार दिनभर नै धेरै ठाउँमा पानी पर्ने भाेलीदेखि बिस्तारै मौसम खुल्दै जाने माैसमपुर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको छ र पुर्वी र मध्य भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ रहेको छ। साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ |
बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको छ | तलको नक्शामा मनसुनी न्यून चापीय रेखाको औसत स्थान देखाइएको छ।
देशभरी सामान्य देखि पुर्ण बदली रही पश्चिम तथा मध्य भुभागका धेरै स्थानमा र बाँकी भू-भागहका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले ती ठाउँका पहाडी भूभागमा पहिरो जान सक्ने, नारायणी लगायतयका नदीहरूमा बहाव उच्च हुने र तराईमा बहने केही साना नदीहरूमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेका सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
साथै सडक र हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । वर्षाका कारण मंगलबार पनि हवाई उडान र अवतरण प्रभावित भएको थियो ।
बुधबार कोशी, बागमती, नारायणी, पूर्वी राप्ती रिउखोला, आरुण, तिनाउ, बाणगङ्गा मनहरि लोथरखोला, लालबकैयालगायत मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङ भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने, केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: बुधबार, असोज १, २०७६