काठमाडाैं । चलचित्रका विभिन्न विषयमा अध्यापन गराउने उद्देश्यले नेपालमै पहिलाेपटक चलचित्र क्याम्पस सञ्चालन भएकाे छ ।
चलचित्रसम्बन्धी अध्ययनमा विद्यार्थीको चासो बढ्दै गएपछि चलचित्रमा ४ वर्षे स्नातक अध्ययनका लागि ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको हाे । त्रिभुवन विश्वविश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी मध्यबानेश्वरमा याे क्याम्पस सञ्चालनमा आएको हो ।
यो क्याम्पसमा चार वर्षे स्नातक तहकाे अध्यापन हुने प्रिन्सिपल शिशिर उप्रेतीले बताए । क्याम्पसले चलचित्र अध्ययनका लागि भर्ना सुरु गरेको छ । उक्त क्याम्पसमा चलचित्र लेखन, निर्देशन, दृष्य सम्पादन, छायांकन, अभिनय तथा ध्वनी सम्बन्धी पाँच विषयमा अध्यापन हुने बताइएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली चलचित्र क्षेत्रको विकासमा गुणस्तरीय र दक्ष जनशक्ति उत्पादनमा कलेजलाई सफलताकाे शुभकामनासमेत दिए ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६