काठमाडौं । मंगलबार लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।
केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको धक्का लमजुङ, तनहुँ, कास्की, गोरखा र धादिङमा महसुस गरिएको छ । यसअघि आइतबार र सोमबार सुदूर तथा मध्यपश्मिका जिल्लामा भूकम्प गएको थियो ।
सोमबार साँझ मात्रै दार्चुलामा भूकम्प गएको थियो । बेलुकी ८ बजेर १८ मिनेट जाँदा नेपाल र भारतको सिमानामा केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६