पक्राउ परेदेखि नै विरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाई नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को आफ्नै हिरासत भएपनि चिकित्सकको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो अस्पतालमा भर्ना भएका हुन् ।
‘केही दिनदेखि उहाँ हाम्रो अस्पतालमा उपचारका लागि आउनुभएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘उपचार भइरहेको छ ।’
ब्युरो स्रोतका अनुसार गत बुधबारदेखि नै थापा बिरामी भएको बहानामा अस्पताल भर्ना भएका हुन् । उनले त्यहाँ एउटा क्याबिन रुम लिएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६