सरकारले उत्तर कोरियाली लगानीलाई नेपालमा प्रतिबन्ध लगाउने भएको छ।
लगानीका लागि स्वीकृति दिने निकाय उद्योग विभागले नेपालमा भएको उद्योग व्यवसायको लगानीसमेत एक महिनाभित्र फिर्ता लैजान नेपालस्थित दूतावासलाई पत्राचार गरेको छ।
संयुक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रहरुलाई उत्तर कोरियाको लगानी फिर्ता गर्न निर्देशन दिएपछि नेपालले पनि पत्राचार गरेको हो।
नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र हो।
सरकारले नयाँ लगानीमा प्रतिबन्ध लगाउने, भइसकेको लगानी फिर्ता पठाउने र नेपालस्थित विभिन्न उद्योग व्यवसायमा कार्यरत कोरियाली नागरिकको भिषा अवधि थप नगर्ने जनाएको छ। आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६