काठमाडौंको तारकेश्वर–१० मनमैजुमा ११ वर्षीया बालिका बसभित्रै बलात्कृत भएकी छन् ।
आइतबार राति मनमैजुस्थित शुभकामना चोकमा भेटिएका दुई बालिकामध्ये एकलाई बा४ख ८२ नम्बरका बसका सहचालकले बसभित्रै बलात्कार गरेका हुन्।
महानगरीय प्रहरी वृत्त बालाजुले सोमबार बिहान बालिकामाथि जबर्जस्ती करणीमा संलग्न रहेको आरोपमा भोजपुर हचुवागढी गाउँपालिका–३ का एल्जित राईलाई पक्राउ गरेको छ ।
वृत्तका डीएसपी बालनरसिंह राणाले पीडित बालिकाको उजुरीका आधारमा राईलाई पक्राउ गरेको बताए।
‘बसका चालकले दुवै बालिकालाई घर लगी परिवारका साथ सकुशल राखेको तर सहचालकले बसभित्र लगेर बलात्कार गरेको देखिन्छ । थप अनुसन्धान हुँदै छ,’ बालाजु वृत्तका डीएसपी राणाले भने ।
उनले एक अर्की बालिकामाथि भने सहचालक राईले अनैतिक क्रियाकलाप मात्रै गरेको अनुसन्धानबाट खुलेको जनाए । प्रहरीले पीडित बालिकाको उजुरीपछि उनीहरूको स्वास्थ्य परीक्षणसमेत गरिसकेको छ । परीक्षणमा एक जनामाथि मात्र करणी भएको देखिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६