काठमाडाैं । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ। देशका पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाकाे भनाइ छ।
यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमानः
भदाै ३० गते सोमबार
दिउँसो: देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ। देशका पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी र मध्य भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
भदाै ३१ गते मंगलबार
दिउँसो: देशभरी सामान्य बदली रही मध्य भूभागका धेरै स्थानका साथै पूर्व तथा पश्चिमका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पश्चिमी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पूर्वका धेरै स्थानमा साथै पश्चिमका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज ०१ गते बुधबार
दिउँसो: देशभरी सामान्य बदली रही मध्य भूभागका धेरै स्थानमा र देशका बाँकी भूभागहका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पश्चिमी भेगमा भारी वर्षाको सम्भावना छ।
राती: देशभर पूर्ण बदली रही मध्य तथा पूर्वका धेरै स्थानमा र पश्चिमका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पश्चिमी भेगमा भारी वर्षाको सम्भावना छ।
देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना भएकाले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६