बुटवल । अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीमा आइतबार एक जनाको मृत्यु भएको छ।
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा अज्ञात समूहले चलाएको गोली लागेर ओमसतियाका ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ।
गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको रघटनाबारे अनुसन्धान भईरहेको रुपन्देही प्रहरीका एसएसपी हृदय थापाले बताए ।
स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाँकाको समूहले गोली हानेको दाबी गरेका छन्। उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको जानकारी दिएको प्रहरीले बताएको छ।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६