नेपालमा सञ्चालित सबै वायुसेवा कम्पनीले दशै, तिहार तथा छठको उपलक्ष्यमा यात्रुलाई १० प्रतिशत छुट दिने निर्णय गरेका छन्।
वायुसेवा सञ्चालक संघ, नेपालले आइतबार विज्ञप्ति जारी हवाइ टिकटमा छुट दिने निर्णय गरेको हो। यात्रुले वायुसेवा कम्पनीको काउन्टरबाट टिकट खरिद गरेमा एयरपोर्ट ट्याक्स र हवाई इन्धन बाहेकको मूल्यमा १० प्रतिशत छुट दिने जनाएको छ। तर, यो अफर योजना असोज १२ गतेदेखि १७ गतेसम्म मात्रै लागू हुने छ।
अन्तरिक निजी विमान कम्पनी यती, तारा, बुद्ध, श्री, सौर्य, समिट, सिम्रीक र सिता एयरलाइन्सले यात्रुलाई पर्वको शुभकामनासहित छुट दिएको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६