काठमाडाैं । आज देशैभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमानः
भदाै २९ गते आइतबार
दिउँसो: देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भदाै ३० गते सोमबार
दिउँसो: देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको हुनेछ। देशका पहाडी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
भदाै ३१ गते मंगलबार
दिउँसो: देशभरी सामान्य बदली रही मध्य भूभागका धेरै स्थानमा साथै पूर्ब तथा पश्चिमका केही स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पूर्वका धेरै स्थानमा साथै पश्चिमका केही स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६