वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तथा र डेढ वर्षअघि २५ वर्षीया घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे । कारण थियो–गरिबी ।
छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋण लिएका थिए । ‘आम्दानीको अरु माध्यम थिएन, ऋणको ब्याज बढ्दै गयो,’ दिदी हरिमाया श्रीसले भनिन्,’ त्यही पीरले झुण्डिएर आत्महत्या गरेछ ।’
घरबहादुर जस्ता थुप्रै व्यक्तिले आत्महत्या गर्नुमा गरिबी प्रमुख कारण देखिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांक केलाउँदा पनि यस्तो तथ्य देखिन्छ ।
कार्यालयका अनुसार पछिल्ला तीन वर्षमा कर्णालीमा ७ सय २८ जनाले आत्महत्या गरेका छन् । तीमध्ये गरिबीको कारण आत्महत्या गर्नेको संख्या २ सय ५५ जना छ । आजको कान्तिपुरमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६