समयमा काम हुन नसकेका १ हजार ८ सय ४८ वटा ठेक्काबाट झन्डै साढे दुई अर्ब रुपैयाँ ‘घूस’ प्रवाह भएको भेटिएको छ । यस्ता ठेक्काबाट २.५ प्रतिशत अग्रिम घूस अनि मोबिलाइजेसन पेस्कीका नाममा थप त्यति नै घूस प्रवाह भएको हो । यीमध्ये ५० भन्दा बढी ठेक्का आयोजनामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।
रुग्ण ठेक्का कुन कार्यालयबाट कति ?
सडक विभाग– ९०६
सहरी विकास– ४४२
ऊर्जा मन्त्रालय– २३५
नेपाल विद्युत् प्राधिकरण– ३७
नागरिक उड्डयन प्राधिकरण– ३७
नेपाल टलिकम– २३
स्थानीय सरकार– ९७
खानेपानी तथा ढल विभाग– १७
कति घुस ?
ठेक्का सम्झौता गर्दा– २.५ प्रतिशतसत
मोबिलाइजेसन पेस्की दिँदा– २ देखि २.५ प्रतिशत
निर्माण सुरु नहुँदै– ५ प्रतिशत
अलपत्र परेका ठेक्कामा फसेको लगानी– १ खर्ब १९ अर्ब
आयोजनाबाट उठेको अग्रिम– २ अर्ब ३६ करोड
काम सुरु नहुँदै– ५ अर्ब ३१ करोड
अख्तियारका अनुसार करिब १८ सय ठेक्का रुग्ण छन् । तीमध्ये १ हजारभन्दा बढी ठेक्काको दोस्रोपटक म्याद थपेर पनि काम भएको छैन । आजको कान्तिपुरमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६