पौराणिक कालदेखि पवित्र तिर्थस्थलको रूपमा परिचित गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको माझमा रहेको रुरुक्षेत्रमा ऐतिहासिक रुरु धार्मिक तथा सांस्कृतिक तुलादान महामहोत्सव संगीतमय लिलाधाम श्रीमद्भागवत एव पितृ मोक्ष बिराट ज्ञान महायज्ञ २०७६ हुने भएको छ ।
सोह् श्राद्धको अवसरमा नेपालमा पहिलो पटक दिवंगत पितृहरुको उद्धार गर्ने तथा रुरु क्षेत्र धामलाई विश्व सामु पहिचान गराउँने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हाे । भदाै २८ गतेदेखि असोज १७ गतेसम्म आयोजना हुने महायज्ञमा चर्चित श्रीमद्भागवत कथा प्रवचक वालयोगेश्वर महाराजले कथा बाचन गर्ने कार्याक्रम रहेकाे छ ।
हिन्दूहरूको लागि रुरुक्षेत्र पवित्र घाट हो । देशको बिभिन्न भुभागबाट मानिसहरू दाह संस्कारका लागि यहाँ आउने गर्छन् । धार्मिक मान्यता अनुसार रुरु क्षेत्रमा देहत्याग गरीएमा मुक्ती पाइन्छ भन्ने विश्वाश रहेको छ । साेही स्थानमा महायज्ञ पुराण हुने भएकाे हाे ।
महायज्ञको अवशरमा ५१ हजारलाई तुलादान गरिने, ११ हजार कन्याको पुजन, अपाङ्गता भएकाहरुलाई सम्मान, अन्नुपुजन, बृद्धबृद्धालाई सम्मान तथा समाजमा प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान गर्ने कार्याक्रम रहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६