नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) चीनको अध्यक्षमा प्रदीप न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।
सेप्टेम्बर ७ मा चीनको क्वाङचौमा सम्पन्न परिषद्को छैठौं अधिबेशनले न्यौपानेको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको हो । उपाध्यक्षद्धयमा सुशील बेल्बासे, खुश्वु अर्याल, महासचिवमा यमबहादुर क्षेत्री (ओम), सचिवद्धयमा तीर्थ पौड्याल, मुकेश श्रेष्ठ, कोषाध्यक्षमा रन्जिता आचार्य, सहकोषाध्यक्षमा बलराम तामाङ (लामा), महिला संयोजकमा सविता बर्तौला र युवासंयोजकमा सुरज न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै परिषद्को सदस्यहरूमा तुलसी न्यौपाने, संदीप खनाल, यादव अर्याल, विजयकुमार श्रेष्ठ, विशाल श्रेष्ठ, मिर्जा राशिद वेग, मोहन मैनाली, नवराज तिमल्सिना र प्रदीप सिंह रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६