धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका बिभिन्न स्थानबाट लागुऔषध ओसारपसारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालीका वडा नम्बर १० जुगेडाबाट मंगलबार वडा नम्बर ३ बोराडाडी बस्ने २६ वर्षीय राम राना र सोही ठाउँ बस्ने १८ वर्षीय सुनिल रानालाई से ६ प ८०४६ नम्बरको मोटरसाइकलमा भारतको सुडाबाट नेपाल आउँदै गरेको अवस्थामा २ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै से ३ प ९५१२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका धनगढी २ बस्ने २० वर्षीय नरेन्द्र बिष्ट, बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ५ बस्ने १८ वर्षीय मनोज भन्डारीका र धनगढी नम्बर ३ बस्ने ३० वर्षीय सुमित अधिकारीलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट ४ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर, स्पास्मोप्रोक्सिभन ६ ट्याब्लेट, निट्रभेट ५ ट्यावलेट, विनस्पास्म ६ ट्याबलेट, नाइट्राभेट ५ ट्याबलेट, डाइलेक्स १ सिसि, परभोरिन स्पास १० ट्यावलेट प्रहरीले बरामद गरेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६