अष्ट्रेलियन तेक्वान्दो नेश्नल च्याम्पियनशिप २०१९ टुर्नामेन्टको फिदरवेट समुहको प्रतिस्पर्धामा नेपाली मूलका १३ वर्षिय स्पन्दन थापाले रजत पदक प्राप्त गरेका छन् ।
पढाईमा पनि अब्बल स्पन्दनले सन २०१६ देखि नै भिक्टोरियामा आयोजना भएका टुर्नामेन्टहरुमा विजय हासिल गरी विभिन्न पदकहरु प्राप्त गरिसकेका छन । प्रतियोगितामा सहभागी विभिन्न देशहरूमध्ये स्पन्दन एक मात्र नेपाली थिए ।
माता सुमि श्रेष्ठ, पिता शंकर थापा र एक भाइका साथमा मेलबर्नको सेन्ट अल्बान्समा बसोबास गर्दै आएका स्पन्दन सानै उमेरदेखि नै विभिन्न खेलमा रुचि राख्थे ।
पढाइसंगै तेक्वान्दो खेल रोजेका स्पन्दनले भिक्टोरिया स्टेट सेलेक्सन टुर्नामेन्टमा सफल भएर उक्त राष्ट्रिय च्याम्पियनशिपमा सहभागी भएका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६