जापानको टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड’ को दोस्रो संस्करण हुने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच अवार्ड आयोजक कम्पनी सुर्य कर्पोरेसन लिमिटेडक अध्यक्ष बासुदेव लामिछाने दोस्रो श्रृंखला आउँदो नोभेम्बरमा हुने जानकारी गराए । अभिनय, गायन, नृत्य र हास्य विधामा अवार्ड प्रदान गरिने उनले बताए ।
यसपटककाे अवार्डमा ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । अवार्डको नोमिनेशनमा परेकालाई आयोजककै खर्चमा टोकियो लगिने कार्यक्रममा जानकारी गराइयो । अवार्डमा गत वर्ष अर्थात् २०७५ साल बैशाख १ देखि चैत्र ३० गतेसम्म सार्वजनिक भएका फिल्म तथा गीतसंगीतले सहभागिता जनाउन पाउनेछन् । कार्यक्रममा आउँदो नोभेम्बर २४ मा टोकियोमा अवार्ड हुने जानकारी गराइयो ।
अवार्ड समारोहमा दुइ दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान, एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ । गएको वर्ष पनि ‘सूर्य इन्टरनेशनल अवार्ड’ जापानको टोकियोमा नै भएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६