‘संगठन सुधारका लागि गरिएका परिवर्तनका प्रयासलाई ब्रेक लगाउन र पुनरावृत्ति गर्न खोज्ने प्रवृत्ति संगठन र राष्ट्रकै लागि घातक हुनेतर्फ म सचेत छु,’ उनले भने, ‘संकीर्ण व्यक्तिगत स्वार्थको भुमरीबाट बाहिर आउन नसक्नु हाम्रा सम्पूर्ण फौज, नेपाली सेना र राष्ट्रप्रतिको बेइमानी हो ।’
विशिष्ट सैनिक सेवामा कार्यरत रहेर पनि नेपाली सेनामा आफूले प्राप्त गरेको ओहदा, अवसर र अनुभव यसै संगठनको दीर्घकालीन स्वार्थमा समर्पित गर्न नसक्नु दुःखदायी भएको उनले बताए । ‘सेवा निवृत्त हुने बेला पैसा कमाउनुपर्छ भन्ने मानसिकता सैनिक कर्मचारीमा छ,’ उनले भने, ‘त्यसविरुद्ध पनि उचित ‘ओखती’ पहिचान भइसकेकाले पारदर्शिता अपनाउन लागिएको छ ।’ कान्तिपुरमा समाचार छ ।