बैतडी । बलात्कारको आरोपमा मंगलबार साँझ प्रहरीले एक इन्जिनियरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इन्जिनियर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।
स्थानीय १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको आरोप लागेको छ”, उहाँले भन्नुभयो, “अनुसन्धानका लागि पक्राउ गरेका हौँ ।
किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरी प्रवक्ता चन्दको भनाइ छ । सबइन्जिनियर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६