लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूसबापत लिएको रकमसहित साेमबार सिरहाबाट नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीलाई पक्राउ गरेको छ ।
आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले विष्णपुर गाउँपालिका–१ चौकस्थित होटलबाट ८० हजार घूससहित नेपाल विद्युत् प्राधिकरण सिरहा शाखाअन्तर्गतको विष्णुपुर वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन छेदी साह सुनारलाई पक्राउ गरेको हो ।
करारमा जागिर लगाइदिने भन्दै स्थानीय एक जनासँग लिएको ८० हजार घूससहित साहलाई पक्राउ गरिएको आयोगले जनाएको छ । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि बर्दिवास लगिएकाे जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६