म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित काभ्रेभीरको खोच हुँदै बग्ने कालिगण्डकी नदीले बनाएको अनौठा आकृति । नदीले बनाएको रोचक र अनौठा आकृतिले पर्यटकलाई लोभ्याउने गरेको छ । तस्बिर : कमल खत्री
तनहुँको भानु नगरपालिका–१३ स्थित बाँसपानीमा पाहुनाको स्वागतका लागि बसेका स्थानीय महिला । गुरुङ समुदायको बाहुल्यता रहेको यस ठाउँका स्थानीयवासी घरबास सञ्चालनमा जुटेका छन् । तस्बिर : कृष्ण न्यौपाने
नुवाकोटको विदुरमा सोमबार बिहान देखिएको इन्द्रधनुषको सुन्दर दृश्य । तस्बिर: नवदीप श्रेष्ठ
भारतको राजस्थानस्थित जयपुर आमेर फोर्टमा अवस्थित प्रसिद्ध पर्यटकीयस्थल पन्ना मीना कुण्डको अवलोकन गर्दै विभित्र देशका पर्यटक । तस्बिर : चन्द्रकला क्षेत्री
भारतको राजस्थानको राजधानी जयपुर शहरमा अवस्थित विश्व सम्पदाको ऐतिहासिक धरोहर हवा महलको सुन्दर दृश्य । तस्बिर : चन्द्रकला क्षेत्री
म्याग्दीको धौलागिरी गाउँपालिका ४ मा पर्ने मुदी गाउँ । मगर समुदायको बसोबासमा बाहुल्य रहेको यस गाउँमा अझैसम्म पनि मोटरबाटो पुगेको छैन । यहाँका सबै घर ढुंगाले छाएका छन् । तस्बिर: ध्रुवसागर शर्मा
म्याग्दीको मालिका गाउँपालिका–५ स्थित धार्मिक पर्यटकीय स्थल देउताभिर गुफाभित्र रहेका रोचक आकृति । यहाँ हात्तीको सुँड, नाग सर्प लगायतको आकृति छन् । तस्बिर : कमल खत्री
झापाको कनकाई नगरपालिका– ३ मा निर्माण गरिएको ह्याप्पील्यान्ड फनपार्क । सुरुंगा बजारदेखि एक किलोमिटर उत्तरमा १२ करोडको लगानीमा मनोज शिवाकोटी र दिनेश शिवाकोटीले सो पार्क निर्माण गरेका हुन् । तस्बिर : सुरेन्द्र भण्डारी
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६