सिन्ह्वा । उत्तर फुर्किना फासोमा आइतबार भएका दुई आतंककारी आक्रमणमा परी २९ जनाभन्दा बढीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
दुवै आक्रमण उत्तर प्रान्तमा सनमाटेनगामा भएको थियो । पहिलो आतंककारी आक्रमण सर्वसाधारण चढेको एक यात्रुबाहक बसमा भएको थियो । यस आक्रमणमा परी १५ जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका थिए ।
सोही समयमा खाद्यान्न बोकेको एक साइकल यात्रीलाई लक्ष्य गरी गरिएको आतंककारी आक्रमणमा परी १४ जनाको मृत्यु हुनुको साथै अन्य छ घाइते भएका थिए । सरकारले यस्ता घटनाहरू दोहोरिन नदिन कदम चाल्ने शपथ लिनुको साथै सैनिक परिचालन बढाएको छ ।
सन् २०१५ यता बुर्किना फासो आतंङ्कवादी हमलाहरूमा ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ । यी आतंककारी आक्रमणका कारण २ लाख ८० हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।
केही दिनअघि पनि बुर्किना फासोको सैनिक शिविरमा भएको आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु भएको थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेकाे वक्तव्यमा सर्वसाधारणलाई लक्षित गरी पछिल्ला समयमा भइरहेका जथाभावी आक्रमणको निन्दा गर्दै घटनाका दोषीमाथि कडा कानुनी कारबाही गर्न अपिल गरिएकाे छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६