चितवन । कालिका नगरपालिका–९ शक्तिखोरमा बलेरोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खा जिल्ला घर भई हाल शक्तिखोरमा आमा बाबुसँग बस्दै आएका हासिल मियाँको छोरा हमिद रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना ४ च २५५८ नम्बरको बलेरोले बालकलाई आइतबार साँझ साढे ७ बजेतिर ठक्कर दिएको थियो ।
बलेरोको ठक्करबाट घाइते बालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति ८ः५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बलेरो प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६