शनिबार बिहानैदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग अझैँ खुल्न सकेको छैन । सो राजमार्गअन्र्तगतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएर अवरुद्ध भएको सडक आजसम्म खुल्न सकेको छैन । शुक्रबार रातिको अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।
अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर लगाएर खुलाउने प्रयास भइरहेको जनाइएको छ । अवरुद्ध राजमार्ग खुलाउन दुई वटा डोजरले काम गरिरहेकाले आज रातिसम्म राजमार्ग खुल्ने जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले बताए । राजमार्ग अवरुद्ध हुदाँ जुम्लाबाट सुर्खेत तथा नेपालगञ्जका लागि हिँडेका यात्रुु बाटोमा नै अलपत्र परेका छन् । –रासस
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६