एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । योसँगै नेपालको अघिल्लो चरणको संभावना अंक गणितीय झिनो आसा मात्र बाँकी रहेको छ । आजनै अर्को खेलमा श्रीलंका र यूएईबीच प्रतिस्पर्धा जारी छ ।
जुन खेलमा श्रीलंका विजयी भए नेपाल स्वतः बाहिरिने छ । यूएईले जित निकाले नेपालको अंक गणितीय झिनो संभावना मात्रै बाँकी रहन्छ । नेपालले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य बंगलादेशले ४९.२ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६