काठमाडाैं । रामेछापकाे लिखु तामाकाेसी गाउँपालिकाका अध्यक्षलाई सत्तारुढ दल नेकपाले पार्टीबाट निलम्बन गरेकाे छ । नेकपाले गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई पार्टी अनुशासन विपरीत काम गरेको भन्दै पार्टीबाट निलम्बन गरेको हो।
नेकपा प्रदेश ३ कमिटीले जिल्ला समिति सदस्यसमेत रहेका अध्यक्ष खड्कालाई तुरुन्त कारबाही गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको बताइएकाे छ । नेकपाका प्रदेश ३ कमिटी सचिव आनन्द पोखरेलले अध्यक्ष खड्कालाई निलम्बन गर्न निर्देशन दिएको बताए ।
खड्काले पार्टी हित र अनुशासन विपरीत कार्य गरेको, आफ्नै पार्टीका साथीहरुलाई गलत आरोप लगाएर झुट्टा मुद्दामा फसाउने काम गरेको, पार्टी बैठक र छलफलमा अनुपस्थित हुने गरेको आरोप लगाइएको छ।
तत्कालीन एमालेबाट उम्मेदवार बनी लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका खड्का अन्य जनप्रतिनिधि र कर्मचारीमाथि आक्रमणमै उत्रिने गरेको बताइएको छ।
पार्टीले कारबाही गरे पनि ऐनमा स्पष्ट व्यवस्था नभएका कारण उनको गाउँपालिका अध्यक्षको पद भने नजाने भएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६