नेवा समुदायको धर्म संस्कृती संरक्षण तथा पहिचाहन गर्ने उद्धेश्यले कोलोराडोमा पहिलो पटक ईन्द्रजात्रा कार्यक्रम आयोजना गर्ने भएको छ। कोलोराडो स्थित नेवाः खलःको आयोजनामा ईन्द्रको पुजा आरधना गरी नेवा समुदायले मनाउने ईन्द्रजात्रा आगामी सेक्टेम्बर १५ तारिकका दिन मनाउन लागेको हो।
इन्द्रजात्रा काठमाडौं, भक्तपुर लगायत नेवा समुदायको बस्ती रहेको स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवाहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ।
जात्रा भाद्र शुक्लपक्ष द्वादशीका दिन सुरू भई मंगल चौथी सम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी सम्पन्न गरिन्छ। आफ्नी आमा वसुन्धराको व्रत निम्ति स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल र कर्कलो टिप्न लाग्दा उनलाई चोर भनी तन्त्र बिधीबाट डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनको संझनामा इन्द्रजात्रा मनाउने गरिन्छ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६