युरोकप छनोटमा वेल्सले जरवैजानमाथि २–१ को कठिन जित निकालेको छ । घरेलु मैद्यान कार्डिफ सिटी स्टेडियम कार्डिफमा भएको खेलमा पभेल पासायभले विपक्षी टोलीको प्रहार बचाउने क्रममा आफ्नै पोस्टमा आत्मघाती गोल गर्दा अजरवैजान पहिलो हाफमा १–० को अवस्था बनाएकाे थियो ।
५९औं मिनेटमा माहिर इमरेलीले गोल गर्दै अजरवैजानलाई खेलमा फर्काएका थिए । तर, खेल सकिन ६ मिनेट बाँकी रहँदा बेलले निर्णायक गोल गरेपछि वेल्सले २–१ को कठिन जित निकाल्दै महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।
जितसँगै वेल्स समूह ‘इ’ मा ४ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । पराजित अजरबैजान अंक विहीन छ ।
प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६