दाङ । दाङको दंगीशरण गाउँपालिकामा खोलाले बगाउँदा एक मजदुरको मुत्यु भएको छ ।
बबई नदी पार गर्ने क्रममा शुक्रबार बिहान नदीले बगाउँदा वडा नम्बर ४ बैवाङस्थित बबई नदीको निर्माणाधीन पुलमा मजदुरी गर्दै आएका बर्दिया गुलरिया नगरपालिका–१२ टरुवा बस्ने अन्दाजी ४० वर्षीय पूर्णबहादुर सुनारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै सोही गाउँपालिका–६ मैरवा बस्ने ४० वर्षीय कुलबहादुर खड्काको पनि शुक्रबार बिहान सार्वजनिक कुवामा डुबेर मुत्यु भएको हो । उनको मानसिक सन्तुलन ठीक नभएको खुल्न आएको प्रहरीले बताएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६