काठमाडाैं । बेलाबेला चर्चामा आइरहने नायिका हुन प्रियंका कार्की । कहिले चलचित्र, कहिले पहिरन त कहिले विभिन्न फन्डाका कारण उनी बेलाबेला चर्चामा आइरहन्छिन् । यतिबेला भने उनी एक फरक व्यवहारले विवादमा आएकी हुन् । लोक तथा दोहोरी गायक प्रकाश कटुवालले अस्ट्रेलियाबाट फर्किने क्रममा प्रियंकाले आफूलाई एअरपोर्टमा दुर्व्यवहार गरेको बताएपछि उनी विवादमा आएकी हुन् ।
उनले भनेका छ, अस्ट्रेलियाबाट नेपाल फर्किने क्रममा प्रियंका कार्कीको व्यवहार देख्दा म्युजियम मा राखाैँ कि चिडियाखानामा राखौँ दोधार गरायो । म अस्ट्रेलियाबाट एनटिभी श्यामसुन्दर गिरीज्युूको प्रोग्राम सकेर फर्कदै थिएँ । बोर्डिङ कार्ड लिने क्रममा उहाँ निकै छटपटाइरहेको देखेँ । एक जना मेरा दाइलाइ के भएको रहेछ बुझ्न लगाएँ र उहाँले लगेज धरै भएको बताउनुभयाे । मैले मेरो सामान कम छ एडजस्ट गर्न मिल्छ भनेँ र सामान नेपाल सकुशल ल्याएको थिएँ । तर मलाई उहाँले आउने क्रममा गरेको व्यवहार पनि कताकता चित्त बुझेको थिएन ।
उनले अगाडि भनेका छन्, मलाई एअरपोर्टमा पनि धेरै कुराउनु भयो । मैले मेराे लगेज खालि गर्दिनुस भन्दा उल्टै मलाई गाली गरे जस्तै गर्नु भयो र भन्नुभयो- सुन्नुभएन म अगाडि जाँदै छु सामान लिएर आउनु । यो सब सुन्दा मलाई लाग्यो मैले ठूलै गुन गरेको रहेछु ।
यसरि लोक तथा दोहोरी गायक प्रकाश कटुवालले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उक्त घटना सार्वजनिक गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६