काठमाडौं । ह्याकरहरुले नेपालका नेप्स प्रणालीमा आबद्ध ७ वटा बैंकको कार्ड प्रयोग गरेर नेपाल र भारतबाट गरी ३ करोड ५८ लाख रुपैयाँ रकम झिकेको पाइएको छ ।
गएको शनिबार नेपालका विभिन्न एटिएमबाट चिनियाँ ह्याकरको टोलीले जथाभावी पैसा झिकेपछि राष्ट्र बैंकले बनाएको छानबिन समितिले नेपाल र भारतबाट ह्याकरले पैसा झिकेको निष्कर्ष निकालेको हाे ।
प्रतिवेदन बुझाउँदै छानबिन समितिले बैंक तथा वित्तीय संस्थाले आफ्नो एटिएममा जडित सीसीटीभीको नियमितरुपमा केन्द्रिकृत अनुगमन गर्ने व्यवस्था मिलाउन सुझाव दिएकाे छ ।
चिनियाँ ‘ह्याकर’ले बैंक तथा वित्तीय संस्थाको सुरक्षा प्रणाली नै ‘ह्याक’ गरी पैसा लुटपाट गरेपछि नेपाल राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले सीसीटीभीको अनुगमन शनिबारलगायत अन्य बिदाको दिनमासमेत नियमितरुपले गर्ने व्यवस्था मिलाउन आवश्यक निर्देशन दिएको हाे ।
समितिमा राष्ट्र बैंकका ‘आइटी’ प्रमुख शिवप्रसाद दुवाडी, अनुज दाहाल, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)का अध्यक्ष प्रवीण क्षेत्री र बैंकर संघका तर्फबाट रोशन रेग्मी थिए । उक्त समितिले बुधबार राष्ट्र बैंकका गभर्नरलाई प्रतिवेदन बुझाएको छ ।
छानबिन समितिले तयार गरेकाे प्रतिवेदनकाे पूर्णपाठ यस्ताे छ:
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६