काठमाडौं । आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा बनेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदलीसँगै वर्षा भइरहेको मौसमविद् मीनकुमार आर्यालले बताए ।
‘उक्त प्रणालीको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बद्ली रही देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ’, मौसमविद् अर्यालले भने । मनसुनको समय भएकाले वर्षा निरन्तर नभई केही समय घाम लाग्ने केही समय वर्षा हुनेक्रम चलिरहने बताइएको छ ।
राति देशभरि सामान्य बद्ली रही पश्चिमी र मध्यका अधिकांश र पूर्वका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसमी पूर्वानुमान यस्तो छः
भदाै १९ गते बिहीबार
दिउँसो: देशभरी आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्यका पहाडी तथा पश्चिमी भेगका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
राती: देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमी पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |
भदाै २० गते शुक्रबार
दिउँसो: देशभरी आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
राती: देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमी पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |
भदाै २१ गते शनिबार
दिउँसो: देशभरी आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
राती: देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै मध्य र पश्चिमी पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६