काठमाडौं । पत्रकार रवि लामिछानेले गरेको पुनरावेदनको मुद्दामा उच्च अदालत पाटनको हेटौंडा इजलासले जिल्ला अदालत चितवनबाट कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको छ ।
पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरेपमा जिल्ला अदालत चितवानले रवि लामिछानेलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सोही धरौटीको आदेश बदर गर्न माग गर्दै लामिछानेले पुनरावेदन गरेका थिए । उनले जिल्ला अदालले आफूलाई पाँच लाख धरौटी मागेको र अन्य शर्तहरु लगाएको आधार त्रुटिपूर्ण भन्दै उच्चमा निवेदन दिएका थिए ।
उच्च अदालतमा मंगलबार दर्ता भएको मुद्दाको सोही दिन न्यायाधीश टेकराज नेपालको इजलासमा भएको बहसपछि कैफियत प्रतिवेदन मागको आदेश भएको उच्च अदालत स्रोतले जनाएको छ ।
न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमसँग सम्बन्धित का दुवै सञ्चारकर्मीसँग जिल्ला अदालत चितवनले फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम आत्महत्या दुरुत्साहन कसुरमा धरौटी माग गरेको थियो ।
उच्चले अर्को सुनुवाइमा उनीहरुसँग मागेको धरौटीको बारेमा सुनुवाइ गर्ने छ । उच्चलाई उक्त आदेश मनासिव लागेमा सदर गर्ने छ भने त्रुटिपूर्ण लागेमा जिल्लाको आदेश उल्टाउन सक्ने व्यवस्था छ ।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६