स्याङ्जा । स्याङ्जाको हरिनासमा बाबु छोराको एकै समयमा धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
गएराति हरिनास गाउँपालिका वडा नम्बर ३ मग्यामचिसापानी, ललई का ३० वर्षीय चित्रबहादुर खड्का र उनका छोरा ४ वर्षीय रिजन खड्काको हत्या भएको प्रहरीले जनाएको छ ।
घटनाकाे जानकारी पाएपछि स्याङ्जाका प्रहरी प्रमुख राजकुमार लम्साल नेतृत्वको टोली घटनास्थलमा पुगेको बताइएकाे छ । एउटै कोठाको अर्काे खाटमा सुतेकी चित्र बहादुरकी श्रीमतीले मास्क लगाएका व्यक्तिले हतियार प्रहार गरेकाे देखेपछि चिच्याएकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६