अर्घाखाँची । अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्षको मोटरसाइकलमा आगजनी भएको छ।
वडाअध्यक्षको लु १ ब १६८८ नम्बरको मोटरसाइकल अज्ञात समूहबाट आगजनी भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक डिएसपी प्रकाश बिष्टले जानकारी दिए। वडाअध्यक्षले आफ्नो घर नजिकै पार्किङ गरिराखेको मोटरसाइकलमा गएराति अज्ञात समूहले आगजनी गरेको बिष्टले जानकारी दिए।
आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा नष्ट भएको छ। मोटरसाइकलमा आगजनी भएपछि मंगलबार बिहान वडाअध्यक्षले प्रहरीलाई खबर गरेको र प्रहरी पुग्दा जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ। आगजनी गर्नेकोे खोजी भइरहेको प्रहरी नायब उपरीक्षक डिएसपी बिष्टले बताए।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६