चितवन । चितवनको छुट्टछुट्टै स्थानमा दुई पुरुषको शंकास्पद मृत्यु भएकाे छ ।
भरतपुर महानगरपालिका–२ आँपटारीमा अन्दाजी २७-२८ वर्षीय युवा आज बिहान घाइते अवस्थामा फेला परेका थिए ।सनाखत हुन नसकेका ती घाइते युवालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तै आइतबार पूर्वी चितवनको कालिका नगरपालिका र रत्ननगर नगरपालिकाको सिमानामा पर्ने नमस्ते चोकमा एक पुरुषको शव फेला परेको छ । सनाखत हुन नसकेका अन्दाजी ६५ वर्षीय वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जनाइएकाे छ ।
घटनाबारे अनुसन्धान भइरहेकाे र थप विवरण आउन बाँकी रहेकाे पंहरीले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६