नेपालकाे एटिएक ह्याक गरेर करिब दुई करोड रुपैयाँ लुट्ने योजनकारले स्पेनमा बसेर नेपालमा समूह परिचालन गरेको पत्ता लागेकाे छ । शनिबार मध्यराति काठमाडाैंमा पक्राउ परेका अभियुक्तले नाइके स्पेनमा रहेको बयान दिएका हुन् ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार स्पेनमा बसेर परिचालन गरे पनि ती व्यक्ति चिनियाँ नागरिक नै हुन् ।
शुक्रबार साँझ एयर चाइनाको उडानमार्फत काठमाडौं ओर्लिएका झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ नाइकेले भाडामा प्रयोग गरेका व्यक्तिमात्रै भएको अनुसन्धानका क्रममा खुलेको छ ।
योजनाकारसँग भएको सहमतिअनुरुप उनीहरु शनिबार एटीएमबाट लाखौं निकालेपछि माया मनोहर बुटिक होटलबाट अन्यत्र सर्ने योजनामा थिए । आइतबार फर्किनलाई उनीहरुको टिकट थियो ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६