स्थानीय तहको चुनावमा मेरिङ्देन गाउँपालिकाका अध्यक्षमा गणेशबहादुर चोङवाङ निर्वाचित भए।
अध्यक्ष चोङवाङसहित जनप्रतिनिधिले असार १८ गते सपथ ग्रहण गरे। भत्ता असार १४ गतेदेखिकै बुझे।
फुङलिङ नगरपालिका उपप्रमुख बमबहादुर भट्टराईले श्रीमतीलाई भान्सेमा नियुक्त गरेवापतको रकम भुक्तानी लिए।
मासिक १५ हजार नौ सय ९० रुपैयाँ भान्सेका लागि तलब दिने गरी सम्झौतामा उल्लेख थियो। तर महालेखा परीक्षकको कार्यालयको आव ०७४/७५ को प्रतिवेदनले उक्त रकम असुल गर्नुपर्ने गरी कमजोरी औंल्यायो। आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६