सरकारले युरोपेली मुलुकमा रोजगारीको अवसर खोज्ने भएको छ ।
मलेसिया तथा खाडी मुलुकमा मात्र केन्द्रित भएको वैदेसिक रोजगारलाई प्रतिफलमुखी बनाउन सरकारले युरोपेली मुलुकमा रोजगारी खोज्ने तयारी गरेको हो ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जाने कामदारमध्ये ८० प्रतिशतभन्दा बढी मलेसिया र खाडी मुलुकमा जाने गरेका छन् ।
खाडी मुलुक तथा तथा मलेसियामा कामदारको उचित पारिश्रमिक नहुँदा कामदारको संख्याको अनुपातमा रेमिट्यान्स निकै कम आउने गरेको छ । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६