नेपालको आग्रहलाई भारत र पाकिस्तानसहित सार्क सदस्य राष्ट्रले स्वीकारेपछि न्युयोर्कमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्री स्तरीय बैठक हुने भएको छ।
राष्ट्रसंघीय ७४ औं महासभाको साइडलाइनमा सार्क विदेशमन्त्री स्तरीय बैठक हुन लागेको हो। नेपाल सार्कको अध्यक्ष हो।
आगामी असोज ९ मा उक्त बैठक हुनेछ। भारत पाकिस्तानसहित सदसइ मुलुकका विदेशमन्त्री सहभागि हुने उक्त बैठकमा अनौपचारिक रुपमा सार्कको आगामी शिखर सम्मेलनका बारेमा छलफल हुनेछ। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६